प्रकाशमान सक्व
प्रताप मल्ल एक विवादास्पद
राजा थिए । जसले काठमाडौँमा रानीपोखरी निर्माण गर्न लगाएर नेपाल मण्डलमा मुसलमान
धर्म र जातिको विकास गर्न सघाए । त्यस्तै आफ्नो कान्तिपुर नगर क्षेत्र र
कान्तिपुरबाट शासन गरेको अन्य नगरहरुको धार्मिक स्थानहरुको मठ मन्दिर देवी देवताको
जिर्णोद्धार तथा नवनिर्माण गराएका थिए । कान्तिपुर हनुमानढोका दरवार, स्वयम्भूको
प्रतापपुर र अनन्तपुरको जोडी मन्दिर निर्माण गरी चौसट्ठी विद्याधरी देवी र
बज्रयोगिनी शक्ति पीठ स्थापना समेत गरेका थिए । प्रतापपुर मन्दिर पटक पटक आगलागीमा
परेर पुननिर्माण कार्य गरेको देखिन्छ ।
प्रतापमल्लको अभिलेख हनुमान ढोका परिसरमा धेरै लामो लामो ढुङ्गाहरुमा थुपै्र भेटिन्छन् । त्यस्तै हनुमान ढोका दरवारको भित्तामा ठूलो जलद्रोणी ढुंगे पानी ट्यांकी बाहिर पन्ध्र भाषाको अक्षरहरु कुँडाउन लगाएर त्यसको अर्थ भन्न सक्नेलाई विद्वान र पढ्न र अर्थ भन्न नसक्नेलाई मूर्ख भई जीवन खेर फाल्न मात्र जन्मेका हुन् भनि लेखिएको नेपालकै ठूलो ढुंगे अभिलेख (शिलापत्र) मानिएको छ ।
साँखु बज्रयोगिनी क्षेत्रमा पनि सबैभन्दा ठूलो लाम्चो आकारको शिलापत्र प्रतापमल्लले नै स्थापना गर्न लगाएको बुझिएको छ । झण्डै पैँतिससय हरफ संस्कृत भाषामा बज्रयोगिनीको स्तोत्र पाठ मध्य १५ चरणको स्तोत्रको अन्त्यमा जसले उग्रताराको यो कवीन्द्र प्रतापमल्लको स्तोत्र पाठ गर्ला उसलाई देवीको प्रतापले मनोवाञ्छित वरदान पाउला .. ईति श्री नेपाल मही मण्डला खण्डल श्री श्री कविन्द्र जयप्रताप मल्ल देव विरचितं बज्रयोगिन्याष्कामदं स्तोत्र समाप्त .... भनि शिलापत्रको २० औँ हरफसम्म ठूलठूला भँगेरा टाउको अक्षरहरु कुँडाइएका छन् । त्यसपछि विजय राग ।। खर्जती तालमा ।। चण्डि भवानीको नामबाट भजन आठ चरण सम्म करिब ३५ हरफ सम्मको शिलापत्रमा ..... तब पद द्वय धुलि लोलुप निकट विनिहित भालकं ।। श्री कविन्द्र जयप्रताप नरपती माम्बपालय बालकं ।।८।। भनि माँ अम्बिका भवानीले म बालक कविन्द्र जयप्रताप मल्ल पालन गर्नु हवस् भनि पुकार गरेको भाषा लेखिएका छन् ।
झण्डै २१ औँ हरफमा शिलापत्र लेखेको, मन्दिर जिर्णोद्धार गरेको तथा सुवर्ण कलश बज्रयोगिनीलाई चढाएको, सुनकै गजूर समेत चढाएका कुराहरुको वर्णन पछि आफू र आफ्ना जिवित नातेदार ससुराहरु श्रीमतीहरुको समेत नाम कुँडिएको पाईन्छ । जुन ३५ औँ हरफ देखि नेवारी भाषामा यसरी लेखिएका छन् ।
..... श्रीश्रीश्री बज्रयोगिनीष्ट श्रीश्री कविन्द्र जय प्रतापमल्ल देवनं थ्व देगल दङाव गजुल छायाव श्लोक म चिङाओ साहासनस चोयाओ स्तोत्र याङा थम श्री मत विहारया नरपति महाराजा श्रीश्री वीर नारायणया म्ह्याच राजकुमारी श्रीश्री रुपमती देवी, केहेँ श्रीश्री अनन्तप्रिया देवी, भगवतीपुर नगरया महाराज श्रीश्री किर्तीनारायणया म्ह्याच राजकन्या श्रीश्री लालमती देवी, लवतिनी कर्णाट देशया राजमती देवी थ्वते सहितनं लुन दयकाओ सालिक तया ।। थ्व साहासन सुनानं ल्हेलसां सेनकसां कोटी पञ्चमहापातक राक, निदान यातसा समस्य यज्ञफल राक जुरो । शूभं ।।
अनुवाद ... श्रीश्रीश्री बज्रयोगिनीलाई श्रीश्री कविन्द्र जयप्रताप मल्ल देवले यो मन्दिर बनाउन लगाई, गजुर चढाई श्लोक गीत रचेर यो शिलापत्रमा लेख्न लगाई आफैले स्तोत्र पाठ गरी मेरा श्रीमत विहारका महाराजा श्रीश्री वीरनारायणका छोरी श्रीश्री रुपमती देवी, उसकी बहिनी श्रीश्री अनन्तप्रिया देवी र त्यस्तै भगवतीपुर नगरका महाराजा श्रीश्री किर्तीनारायणको छोराी राजकन्या श्रीश्री लालमती देवी र कर्णाट देशका राजमती देवी सहित सुनको प्रतिमा सालिश स्थापना गरियो । यो शिलापत्र कसैले यताउती सारिएमा अथवा बिगारेको खण्डमा कोटी पञ्च महापातक लाग्नेछ । यदि संरक्षण गरेको खण्डमा समस्त यज्ञ फल पाउनेछ । शुभम् ।
करिब नेपाल सम्वत ७७१ सालमा निर्माण गरिएको यो शिलापत्र हाल बज्रयोगिनी देवीको मूल मन्दिर पछाडि तीन ढुंगेधाराको मुनि ढुंगे सिँढीको पूर्व पट्टी राखिएको देखिन्छ । करिब ३६१ वर्ष देखि घामपानीको मारबाट शिलापत्र बिग्रने अवस्थामा पुगेका छन् भने संरक्षणको अभावमा ढल्ने अवस्थामा समेत पुगेको देखिन्छ । बज्रयोगिनीको नाममा खुलेका संघ संस्था तथा भौतिक पूर्वाधार योजना मन्त्रालयका तलबी कर्मचारीहरुको आँखा मात्र गाडी, सत्तलको चन्दा र बहाल आउने तर्फबाट पुगेकोले सैयौँ वर्ष पुराना पुरातात्विक महत्वका शिलापत्र, मूर्तिहरुको संरक्षणतर्फ ध्यान गएको पाइँदैन । यतातर्फ ध्यान दिनु अति जरुरी भएको छ ।
ईतिहास जोगाऔँ ! पर्यटन उद्योगलाई टेवा पु¥याआँैँ ।